कोशी सरकारले बनायो पहिचानवादीसँग वार्ता गर्न समिति
काठमाडौं, २४ जेठ। कोशी प्रदेश सरकारले प्रदेश नामांकनको विरोधमा आन्दोलनमा उत्रिएको पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय टोली गठन गरेको छ। मंंगलबार माओवादीले सरकार छाडेपछि अल्पमतमा परेलगतै मुख्यमन्त्री हिक्मत कार्कीले पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन गरेका हुन्। प्रदेशका खानेपानीमन्त्री तिलकुमार मेयाङ्बोको नेतृत्वमा गठित तीन सदस्यीय वार्ता टोलीमा कृषिमन्त्री भक्ति सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी छन्।
प्रतिक्रिया दिनुहोस्