भारतको नक्सामा नेपाली भूमि समेटिएकोबारे मोदीसँग कुरा गरेको छु : प्रधानमन्त्री
काठमाडौं, २४ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको नयाँ संसद भवनमा नेपालको भूमिसमेत सामेल गरिएको नक्साबारे आफूले कुरा गरेको बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले नयाँ नक्साबारे आफूले भारतीय पक्षसँग गम्भीरतापूर्वक कुरा उठाएको बताएका हुन्। उनले भने,‘नयाँ संसद भवनमा भारतले राखेको नक्साबारे विभिन्न कोणबाट चर्चा भएको छ। त्यसकारण कुरा उठाएन केही पनि भएन भन्ने कुरा साँचो होइन।’
प्रतिक्रिया दिनुहोस्