सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने २ अर्ब बढी
काठमाडौं, २४ जेठ। बुधबार सेयर बजार परिसूचक नेप्सेम सामान्य सुधार आएको छ। आजको दिन बजार ४ दशमलव ६८ अंकले वृद्धि भइ १९३२.३३ विन्दूमा बन्द भएको छ। यस्तै ६५ लाख ४१ ह्जार ३८८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३६ करोड बढीको कारोबार भएको नेप्सेले जनाएको छ। १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।
प्रतिक्रिया दिनुहोस्