म्यानचेस्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि काठमाडौं, २८ जेठ। इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले पहिलोपल्ट युरोपियन च्याम्पियन्स लिग फुटबल उपाधि जितेको छ। टर्कीको स्तानबुलमा भएको फाइनलमा इटलीको इन्टर मिलानलाई १-० ले हराउँदै सिटीले उपाधि चुमेको हो। च्याम्पियन्स लिग जित्ने सिटी छैटौं इंग्लिस क्लब बनेको छ। योसँगै सिटीले ट्रेवल उपाधि जितेको छ। यो सिजन सिटीले प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्