बजेट नसच्याए सरकार ढाल्ने माधव नेपालको चेतावनी काठमाडौं, २८ जेठ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार ढाल्ने चेतावनी दिएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री र अर्थमन्त्रीले बजेट सच्याउनुपर्ने बताए। उनले सत्ता गठबन्धन ५ वर्षै चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भएपनि बजेट यथास्थितिमा पासभए सरकार ढल्ने आशंका व्यक्त गरे। बजेटमा सबैजना असन्तुष्ट रहेको भन्दै बजेटमा लचकता देखाउनुपर्ने उनको भनाइ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्