कुनै स्वार्थ समूहको कुरा नसुनी बजेट निर्माण गरेका छौं : अर्थमन्त्री
काठमाडौं २९जेठ।अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढंगले बजेट निर्माण भएको बताएका छन्। सोमबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ ले आयोजना गरेको क्षेत्रीय सम्मेलन उनले भने,‘केही समूहलाई बजेटबारे चित्त बुझेको छैन, दृढ अठोटका साथ कुनै स्वार्थ समूहको कुरा नसुनी बजेट निर्माण गरेका हौँ, बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ, बजेटले सबै क्षेत्रलाई समेटेको छ’,उनले भने।
प्रतिक्रिया दिनुहोस्