निर्वाचन क्षेत्र विकास कार्यक्रमको ५ करोड सांसदको खल्तीमा जाने होइनः अर्थमन्त्री काठमाडौं, २९जेठ। अर्थमन्त्री डा.प्रकाशशरण महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट सांसदको खल्तीमा नजाने टिप्पणी गरेका छन्। बजेटबारे सांसदहरुले उठाएका प्रश्नको सोमबार जवाफ दिँदै अर्थमन्त्री महतले बजेटको महत्व कम देखाउन निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट सांसदको खल्तीमा जाने गरी विनियोजन भयो भनेर प्रचार गरिएको बताए। प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोट बजेट विनियोजन गरेका उनले भने,‘यो रकम माननीयहरुको खल्तीमा जाने होइन।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्