शरणार्थी प्रकरणमा आज बालकृष्ण खाणसहित ६ जनाको पक्षमा थुनछेक बहस हुँदै काठमाडौं,३०जेठ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी छ।आज पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित ६ जनाको थुनथेक बहस हुँदैछ। खाणसहित पूर्वसांसद आङटावा शेर्पा, हज समितिका अध्यक्ष शमशेर मियाँ, ललितपुरका हरिभक्त महर्जन र लक्ष्मी महर्जन तथा शरणार्थी नेता टेकनाथ रिजालसहितको प्रतिरक्षा बहस मात्रै बाँकी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्