सर्वाेच्चमा आज प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमाथि सुनुवाइ हुँदै काठमाडौं,३०जेठ। बालसेना दुरुपयोगलगायत आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदै छ। पूर्वअयोग्य लडाकु लेलिन विष्टसहितले दायर गरेको रिटमाथि सुनुवाइ हुन लागेको हो। माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरूलाई बालसेना बनाएर प्रवेश गराएको पछि बेवास्ता गरेको भन्दै रिटमा माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि कारबाहीको माग गरिएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्