मुटुमा समस्या भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना
काठमाडौं,३०जेठ। राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन्। मुटुमा समस्या देखिएपछि उनलाई मंगलबार बिहान काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ।उनलाई बिहान ११ बजे भर्ना अस्पताल गरिएको सचिवालय स्रोतले जनाएको छ। यसअघि शनिबार पौडेलको गंगालालमै स्वास्थ्य परीक्षण गरिएको थियो।पौडेललाई अस्पताल भर्ना गरिएकोबारेमा अहिलेसम्म राष्ट्रपति कार्यालयले औपचारिक रुपमा केही सार्वजनिक गरेको छैन।
प्रतिक्रिया दिनुहोस्