सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
काठमाडौं,३०जेठ। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। मंगलबार प्रदेशसभा बैठकले २४ जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।सभामुख भीमबहादुर भण्डारीले बहुमतले पारित भएको घोषणा गरेका हुन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने नीति तथा कार्यक्रमको विपक्षमा मत दिएको छ।
प्रतिक्रिया दिनुहोस्