काठमाडौँ महानगरपालिकाले तोड्यो विद्यार्थी संगठनले विद्यालयमा लगाएको ताला
काठमाडौं,३०जेठ। विद्यार्थी संगठनले काठमाडौंका तीन वटा विद्यालयमा लगाएको ताला काठमाडौं महानगरपालिकाले फोडेको छ। काठमाडौंको संस्कृत माध्यामिक विद्यालय, वृहस्पति माध्यामिक विद्यालय र युलेन्स स्कुलमा विद्यार्थी संगठनले लगाएको ताला फोडिएको महानगर प्रहरीले जनाएको छ। छात्रवृत्ति विवरण, शुल्क स्वीकृति विवरण, कर्मचारीको पारिश्रमिक विवरणलगायतका माग राखेर अनेरास्ववियु क्रान्तिकारीले आइतबार ती विद्यालयहरुमा ताला लगाएको थियो।
प्रतिक्रिया दिनुहोस्