तोलामै ९०० रुपैयाँले सस्तियो सुनको मुल्य काठमाडौं, ३१ जेठ। बुधबार सुनको मुल्य प्रतितोला ९०० रुपयाँले सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ कायम गरिएको छ। मंगलबार एक तोला सुनको मुल्य १ लाख १२ हजार ७०० रुपैयाँ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्