विनिमयदरको उतारचढावले वाह्य ऋणमाथि चाप बढ्यो : प्रमुख शर्मा
काठमाडौं, ३१ जेठ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख भूमीराम शर्माले विनिमयदरको उतारचढावले वाह्य ऋणमाथि चाप बढेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रमा उनले भने,‘अहिले वाह्य ऋणमाथि चाप परेको छ, त्यसको महत्वपूर्ण कारण भनेको विनिमयदरको उच्च वृद्धि हो, त्यससँगै राजश्वको कमि, निर्यात भरपर्दो नहुनु, आर्थिक क्रियाकलाप घट्दै जानु, जस्ता कुरा यसका कारणहरु हुन्।
प्रतिक्रिया दिनुहोस्