दोस्रो दिन पनि बालकृष्ण खाणकै पक्षबाट बहस सुरु काठमाडौं, ३१जेठ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणको पक्षका वकिलले मंगलबारदेखि बहस सुरु गरेकोमा बुधबार अर्थात् दोस्रो दिन पनि बहस जारी छ। खाणको तर्फबाट बहस गर्ने वकिलहरु धेरै भएकाले दुई दिन लागेको हो। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेम प्रसाद न्यौपानेले आज बहस सकेर आदेश दिनेगरी योजना बनाएको भएपनि अझै बहस नसकिएकाले थुनछेकको आदेश आउन ढिलाइ हुने निश्चित भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्