नेपाली कांग्रेसको कार्यवाहक सभापति बने पूर्णबहादुर खड्का
काठमाडौं, ३१ जेठ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का पार्टीको कार्यवाहक सभापति तोकिएका छन्। पार्टी सभापति शेरबहादुर देउवा सिंगापुर गएपछि उनी नफर्कुन्जेलसम्माका लागि पार्टीको विधानअनुसार खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो। सभापति देउवा मंगलबार राति सिंगापुर प्रस्थान गरेका छन्। उनी नियमित फलोअपका लागि सिंगापुर गएका हुन्। उनीसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर गएकी छन्।
प्रतिक्रिया दिनुहोस्