तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउँछौं : प्रधानमन्त्री
काठमाडौं, ३१ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी मोर्चा हुँदै नयाँ नेकपा बनाउने बताएका छन्। बुधबार दाङमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने,‘हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ। तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ। हिजोको एकता कायम राख्न सम्भव भएन, फेरि नेकपा बनाउने कोसिस भइरहेको छ।’
प्रतिक्रिया दिनुहोस्