मकवानपुरमा ५४ लाखको सुन बरामद
काठमाडौं, ३१ जेठ। मकवानपुर प्रहरीले करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुन बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोस्टमा यात्रुवाहक बस जाँच गर्ने क्रममा ५६१.३० ग्राम सुनसहित वीरगन्जका किसन साहलाई पक्राउ गरेको हो। बसमा सवार वीरगञ्जका २२ वर्षीय किसन साहले जुत्ताभित्र लुकाएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्