टोपबहादुर र बालकृष्णसहित १६ जना पुर्पक्षका लागि जेल चलान
काठमाडौं, १ असार। नक्कली शरणार्थी प्रकरणमा बालकृष्ण खाँण र टोपबहादुर रायमाझी तथा सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि जेल चलान भएका छन्। प्रकरणमा मुछिएर पक्राउ परेका १८ जना अभियुक्तमध्ये दुईजना मात्रै धरौटीमा रिहा भए। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले लक्ष्मी महर्जन र टंक गुरुङबाहेक अरु सबैलाई थुनामा पठाउने आदेश दिएको हो।
प्रतिक्रिया दिनुहोस्