के छ राष्ट्रपतिको स्वास्थ्य अवस्था ?
काठमाडौं, ३ असार। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था अझै स्थिर रहेको अस्पतालले जनाएको छ। उनी शनिबार बिहान मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। राष्ट्रपति पौडेलको मुटुको चालको निगरानी भइरहेको मनमोहन कार्डियो थेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो। तीन दिनअघि मात्र सहिद गंगालाल राष्ट्रिय हृ्रदय केन्द्रमा मुटुको उपचार गरेर फर्केका थिए।
प्रतिक्रिया दिनुहोस्