नेपालले दियो जिम्बाव्वेलाई २९१ रनको लक्ष्य काठमाडौं,३ असार।विश्वकप क्रिकेट छनोटमा नेपालले घरेलु टिम जिम्बावेलाई २९१ रनको लक्ष्य दिएको छ।जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा घरेलु टिमले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ २९० रन बनाएको हो।यो नेपालको एकदिवसीय खेलमा तेस्रो ठूलो स्कोर हो।यसअघि नेपालले कीर्तिपुरमा ओमानविरूद्ध ३१० र पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्