मेयर बालेनको घोषणाः भोलिदेखि काठमाडौंमा भारतीय चलचित्र चल्दैन काठमाडौं, ३ असार।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सोमबारदेखि काठमाडौंका हलहरुमा भारतीय चलचित्र निषेध गर्ने घोषणा गरेका छन्।उनले पूर्वचेतावनी अनुसार दक्षिण भारतीय फिल्म‘आदिपुरुष’ ले विवादित संवाद नहटाएपछि यो निर्णय लिएका उल्लेख गरेका छन्।नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार,सरकारी निकाय गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने बालेनले बताएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्