कैदीबन्दीलाई राइस स्टीमर मेसिन काठमाडौं,३ असार।बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले कारगारमा राइस स्टीमर मेसिन हस्तान्तरण गरेका छन्।उनले जिल्ला कारगार सिन्धुलीलाई ४ थान राइस स्टीमर मेसिन उपलब्ध गराएका हुन्।कारागारमा रहेका १ हजार कैदीबन्दिलाई दाउरा बालेर खाना बनाउन असहज भएको तथा स्वास्थ्यमा समेत समस्या हुने गुनासो आएपछि मेसिन उपलब्ध गराएका हुन्।जिल्लामा प्रभावकारी देखिए अन्यत्र पनि मेसिन उपलब्ध गराउने मन्त्री श्रेष्ठले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्