काठमाडौंमा रोकियो हिन्दी फिल्मको प्रदर्शन
काठमाडौं,४ असार।काठमाडौं उपत्यकाका हलहरुले हिन्दी फिल्मको प्रदर्शन रोकेका छन्।काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले ‘आदिपुरुष’ मा समावेश भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी कुनैपनि फिल्म चल्न नदिने निर्णय गरेपछि हलवालाहरुले सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोकेका हुन्।आईतवार मेयर शाहले सोमबारदेखि महानगरमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने घोषणा गरेका थिए।
प्रतिक्रिया दिनुहोस्