आज समाजवादी मोर्चाको घोषणा हुने
काठमाडौं,४ असार। सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहितको प्रत्यक्ष सहभागितामा आज समाजवादी मोर्चाको घोषणा हुँदैछ।राष्ट्रिय सभागृहमा दिउँसो ४ बजे समाजवादी मोर्चा नेपाल घोषणा गर्ने कार्यक्रम रहेको छ। संयुक्त घोषणासभा गरेर १५ बुँदे नीतिगत प्रतिबद्धता पनि जारी गर्ने तयारी छ।कांग्रेस र एमालेपछि संसद्मा तेस्रो बलियो शक्ति बनाउनेगरी समाजवादी मोर्चा निर्माण गर्न लागिएको हो। मोर्चा बने अब मोर्चाको सांसदको संख्या ५४ पुग्नेछ।
प्रतिक्रिया दिनुहोस्