क्रोएसियालाई हराउँदै स्पेनले जित्यो नेसन्स लिगको उपाधि
काठमाडौं,४ असार। फाइनलमा क्रोएसिया लाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै स्पेनले नेसन्स लिगको उपाधि जितेको छ। पेनाल्टी प्रहारका लागि छैटौँ नम्बरमा आएका ड्यानी कार्भाहलले कुनै गल्ती नगरेपछि स्पेनले नेसन्स लिगको उपाधि उचालेको हो। कार्भाहल पेनाल्टीका लागि आउनुअघि स्पेनका गोलकिपर युनाइ सिमोनले क्रोएसियाका ब्रुनो पेट्कोभिचको पेनाल्टी प्रहार बचाएका थिए। स्पेनसँगको हारपछि क्रोएसियाका कप्तान मोड्रिचको अन्तर्राष्ट्रिय करियरप्रति अन्योल देखिएको छ।
प्रतिक्रिया दिनुहोस्