कसैलाई घुर्क्याउन र दबाब दिन समाजवादी मोर्चा बनेको होइन : माधव नेपाल काठमाडौं,४ असार। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कुनै पार्टीलाई घुर्क्याउन, दबाब दिन र तर्साउन आफूहरुले समाजवादी मोर्चाले नबनाएको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा घोषणासभा कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले राजनीतिमा भएका विसंगतिलाई अन्त्य गर्न आफूहरु एक भएर अघि बढ्न खोजेको स्पष्ट पारे। उनले प्रतिगमनको पक्षमा कोही लाग्न चाहेको खण्डमा आफूहरु मुकाबिला हुने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्