समाजवादी मोर्चासँग कोही नतर्सिए हुन्छ: उपेन्द्र यादव
काठमाडौं,४ असार। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सोमबार घोषणा भएको समाजवादी मोर्चाबाट कोही पनि नडराउन आग्रह गरेका छन्। समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सोमबार काठमाडौंमा सम्बोधनका क्रममा उनले यसअघि पनि विभिन्न गठबन्धन र मोर्चा बन्दै भत्किँदै गरेकाले आशंका भएपनि यो मोर्चा निश्चित उद्देश्य प्राप्तिका लागि बनाइएकाले लामो समय जाने दाबी गरे। उनले यो मोर्चाले प्रतिगामीहरुसँग संघर्ष गर्ने पनि बताए।
प्रतिक्रिया दिनुहोस्