समाजवादी मोर्चा नेपालको राजनीतिको नयाँ मोड हो: विप्लव
काठमाडौं,४ असार। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली जनताको समाजवादप्रतिको चाहाना पुरा गर्न समाजवादी मोर्चा नेपालको गठन भएको जनाएका छन्। मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताको चाहाना समाजवाद भएकाले सोही चाहाना पुरा गर्न चार पार्टी मिलेर मोर्चा घोषणा गरिएको बताए।अत्यासलाग्दो राजनीतिक परिस्थितिबाट गुज्रिरहेको नेपाल र नेपाली जनताका सामु थुप्रै संकटहरु रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्