अखण्ड भारत सम्बन्धी नक्साको वास्तविकतका बुझ्न दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन काठमाडौं, ०५ असार। सरकारले अखण्ड भारत सम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ। परराष्ट्रमन्त्री एनपी साउदले आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उक्त दिएका हुन्। भारतको संसद भवन भित्र राखेको अखण्ड भारत सम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तु लगायतका नेपाली भूभागहरु पनि समेटिएको देखिन्छ। उक्त नक्सा सार्वजनिक भएपछि नेपालमा भारतको आलोचना भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्