घुससहित ३ जना कर्मचारी पक्राउ
काठमाडौं, ०५ जेठ। सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरेबापत ४ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कर्मचारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ग्रामीण सडक सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई, झापामा कार्यरत कर्मचारीहरू आयोजना व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रवीन्द्रकुमार शर्मा, लेखापाल हिमाल पौडेल रहेका छन्। उनीहरूलाई घुसको रकमसहित नियन्त्रणमा लिएको हो।
प्रतिक्रिया दिनुहोस्