बजेट पुस्तिका सच्याएर प्रदेशको नाम राख्न सभामुखको निर्देशन काठमाडौं, ५ असार। सभामुख देवराज घिमिरेले बजेट किताबमा भएको त्रृटि सच्याउन निर्देशन दिएका छन्। पर्यटन र सहरी विकास मन्त्रालयले प्रदेशको ठाउँमा अंक राखेर ल्याएपछि एमाले सांसदहरूले विरोध जनाएपछि सभामुखले यस्तो निर्देशन दिएका हुन्।बजेट किताबमा पर्यटन मन्त्रालयले प्रदेशको नाम यसअघि नै सच्याउने भनेपनि नसच्याएको र सहरी विकास मन्त्रालयले लुम्बिनी प्रदेशको ठाउँमा प्रदेश ५ लेखेपछि संसदमा हंगामा भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्