सुदुरपश्चिम प्रदेशका मन्त्री चढेको गाडी सडकबाट ५० मिटर तल खस्यो काठमाडौं, ०५ असार। सुदूरपश्चिम प्रदेशका मन्त्री चढेको गाडी बझाङमा दुर्घटनामा भएको छ। सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो। दुर्घटनामा परी मन्त्री सिंहसहित ४ जना घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्