गाडी दुर्घटनामा सुदूरपश्चिमका कानूनमन्त्री सिंहको निधन
काठमाडौं, ०५ असार। बझाङमा भएको गाडी दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ। उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन्। दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस्