विश्वकप छनोट क्रिकेटमा नेपालको पहिलो जित, अमेरिका ६ विकेटले पराजित
काठमाडौं, ५ असार। भीम सार्की र करण केसीको उत्कृष्ट प्रर्दशनमा नेपालले आईसीसी विश्वकप छनोटमा अमेरिकालाई ६ विकेटले पराजित गरेको छ। अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टाएको हो। जितसँगै नेपालले शीर्ष ३ मा रहँदै सुपर सिक्समा पुग्ने सम्भावना कायमै राखेको छ।नेपालले अब बिशिबार वेष्ट इण्डिजसँग खेल्नेछ। भने समूह चरणको अन्तिम खेलमा नेदरल्याण्डसँग खेल्ने तालिका छ।
प्रतिक्रिया दिनुहोस्