विश्वभरका योग अध्येताका लागि नेपाल मूल गन्तव्य बन्न सक्छ : प्रधानमन्त्री
काठमाडौं, ०६ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योगाभ्यासका लागि नेपाल एक सुन्दर भूमि भएकाले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि मूल गन्तव्य बन्न सक्ने बताएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उनले योग अभ्यासका लागि नेपाल सुन्दर भूमि रहेको बताउँदै विश्वभरका अध्येताहरुका लागि नेपाल मूल गन्तव्य बन्नसक्ने प्रचुर सम्भावना रहेको बताएका हुन्।
प्रतिक्रिया दिनुहोस्