चिनियाँ पर्यटक नेपाल आउँदा भान्जाभान्जी आएको जस्तो लाग्छ ः सुदन किराती
काठमाडौं, ०६ असार। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले चिनियाँ पाहुनाहरू नेपाल आउँदा भान्जा–भान्जी आएको जस्तो लाग्ने बताएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण भएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘भृकुटी हाम्रो चेली भएको भएर होला चिनियाँ पाहुना नेपाल आउँदा भान्जा भान्जी आएको जस्तो लाग्छ।’ त्यसपछि उनले चिनियाँ यात्रीलाई सोधे,‘के तपाईंलाई मामाघर आएजस्तो लाग्दैन?’
प्रतिक्रिया दिनुहोस्