तोलामै ८०० रुपैयाँले सस्तियो सुनको मुल्य
काठमाडौं, ०६ असार, बुधबार सुनको मुल्य तोलामै ८०० रुपैयाँले सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिने छापावाला सुनको मुल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख ४ सय ५० रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन अर्थात् मंगलबार एक तोला सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ थियो।
प्रतिक्रिया दिनुहोस्