चीनको एक रेष्टुरेन्टमा विष्फोट हुँदा ३१ जनाको मृत्यु काठमाडौं,०७ असार।चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा विस्फोट हुँदा ३१जनाको मृत्यु भएको छ। सात जना घाइतेहरुको अस्पतालमा उपचार जारी छ। बुधबार राति निङ्गसिया हुई स्वायत्त क्षेत्रको यिनचुआन शहरस्थित एक बारबीक्यु रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट भएको थियो। समाचार एजेन्सी सिन्ह्वाका अनुसार चिनियाँ राष्ट्रपति सी जिनफिङले घाइतेहरुको शीघ्र उपचार गर्न र उद्योग क्षेत्रमा सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्