बालेनको अडानः भारतीय चलचित्र चल्न दिन्नँ काठमाडौं,७ असार। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भारतीय फिल्मको प्रदर्शन हुन नदिने अडान दोहोर्याएका छन्। उनले सामाजिक सञ्जालमा सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कुनै कानुन र अदालतलाई नमान्ने लेखेका छन्। विवादित फिल्म आदिपुरुषको आपत्तिजनक संवाद नसच्याएपछि शाहले काठमाडौँ महानगरभित्र हिन्दी फिल्म सञ्चालनमा रोक लगाएका छन्।उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्