वेस्ट इन्डिजविरुद्ध नेपालको दबाब, सन्दीपले लिए तेस्रो विकेट
काठमाडौँ, ७ असार। आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार नेपालले वेस्ट इन्डिजको तेस्रो विकेट लिएको छ। नेपाली स्पिनर सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन्। उनले किंगलाई ३२ रनमा बोल्ड गरेका हुन्। त्यसअघि गुल्सन झा र करण केसीले १-१ विकेट लिएका थिए। वेष्टइण्डिज १६ औं ओभरको खेल जारी रहँदा ३ विकेट गुमाएर ५५ रन बनाएर खेलिरहेको छ।
प्रतिक्रिया दिनुहोस्