नेपालले पायो ३ सय ४० रनको विशाल लक्ष्य काठमाडौँ, ७ असार। आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य पाएको छ। यो नेपालले पाएको अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक हो। टस हारेर पहिला ब्याटिङ गरेका वेष्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३३९ रनको योगफल बनाउँदा दुई ब्याटरले शतकीय पारी खेले।नेपालले आजको खेलमा सातजना बलर प्रयोग गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्