संशोधनबिना बजेट पारित गर्न नदिने एकीकृत समाजवादीको निर्णय
काठमाडौँ, ७ असार। सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले यथास्थितिमा बजेट पारित हुन नदिने निर्णय गरेको छ। सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यसबारे गठबन्धनमा छलफल गर्ने साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पनि जानकारी गराउने निर्णय गरेको हो।सत्ता गठबन्धनमा रहेको समाजवादी बजेटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मनोमानी गरेको भन्दै असन्तुष्ट छ।
प्रतिक्रिया दिनुहोस्