फिल्म हलबाट फिर्ता भयो नगर प्रहरी काठमाडौं, ८ असार। काठमाडौं महानगरका फिल्म हलहरूमा खटाइएका नगर प्रहरी फिर्ता गरिएको छ। हिन्दी फिल्म रोक्न महानगरले हलहरूमा प्रहरी खटाएको थियो।मेयर बालेन शाहले हिन्दी फिल्म आदिपुरुषमा सीताको बारेमा विवादास्पद संवाद राखेको भन्दै सबै हिन्दी फिल्म चलाउन रोक लगाएका थिए। तर उच्च अदालत पाटनले बिहीबार सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएपछि नगर प्रहरी फिर्ता गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्