काठमाडौं महानगरपालिकाको बजेटः शिक्षकलाई मासिक तलब,प्रधानाध्यापकको भत्ता बृद्धि काठमाडौं,१० असार।अब काठमाडौं महानगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरुले मासिक तलब पाउने भएका छन्।आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले त्यसका लागि ३० करोडको सोध भर्ना कोष खडा गरिएको जानकारी दिइन्।अहिले शिक्षकहरुले चौमासिक रुपमा तलब पाउँदै आएका छन्।प्रधानाध्यापकको मासिक भत्ता वृद्धि गर्ने घोषणा भएपनि वृद्धि गर्ने रकमचाहिँ खुलाइएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्