भ्रष्टाचार र अनियमिततामा कसैले उन्मुक्ति पाउँदैननः गृहमन्त्री
काठमाडौं,१० असार।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यति, ओम्नी सुरक्षण मुद्रणलगायतका प्रकरणमा भ्रष्टाचार, अनियमितता देखिए कसैले पनि उन्मुक्ति नपाउने बताएका छन्।प्रतिनिधिसभाको आईतबारको बैठकमा उनले तथ्य, प्रमाण र अनुसन्धानले देखाए जो कोहि कारबाहीको दायरामा आउने स्पष्ट पारे। कांग्रेस सांसद रामहरि खतिवडाले सोधेको प्रश्नको उत्तर दिने क्रममा मन्त्री श्रेष्ठले यस्तो जानकारी गराएका हुन्।
प्रतिक्रिया दिनुहोस्