जलहरी प्रकरणः पशुपतिनाथ मन्दिरमा अख्तियारको टोली काठमाडौं,१० असार।अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोली जलहरीको नापजाँच गर्न पशुपतिनाथ मन्दिर पुगेको छ। अख्तियारका अनुसन्धान अधिकृतसहितको टोली छानविन एवं अनुसन्धानका लागि आइतबार दिउँसो पशुपति पुगेको हो।मन्दिर परिसरलाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको घेरामा राखी सुरक्षा दिइएको छ।१० किलो ९७६ ग्रामको रिङ बनाएर हालेको भनिएको पुष्टि नहुने भन्दै महालेखा परीक्षकको प्रतिवेदनमा बाहिरिएपछि यसले चर्चा पाएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्