जसपाकै कारण मुलुकमा नागरिकता समस्या हल भयोः उपेन्द्र यादव
काठमाडौं, १० असार। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी नभएको भए नागरिकता समस्या नेपालमा कहिलेपनि समाधान नहुने दाबी गरेका छन्। आइतबार पार्टीको विधान अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले आफ्नो पार्टी नभएको भए देशमा संघीयता पनि नआउने दाबी गरे। उनले वर्तमान सरकारले आफ्नो समयसम्म काम गर्न पाउनुपर्ने पक्षमा आफूहरु रहेको भन्दै वर्तमान सत्तारुढ गठबन्धन कायम राख्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस्