प्रचण्ड सरकारको विकल्प छैन, गठबन्धन टुट्दैनः माधव सापकोटा काठमाडौं, १० असार। नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको विकल्प नरहेको दाबी गरेका छन्। सत्तागठबन्धनमा एक किसिमको सहमति बनेपछि असार १२ गते संसदबाट बजेट पास हुने उनको भनाइ थियो। आइतबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरागर्दै उनले कांग्रेस तत्काल गठबन्धन परिवर्तन गर्ने पक्षमा नरहेको जिकिर समेत गरे। कांग्रेस तयार नहुँदासम्म यो सरकार तलमाथि नहुने उनको भनाइ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्