एमाले सरकार बनाउन हतारिँदैन, मौका आए छोड्दैन : रघुजी पन्त
काठमाडौं, १० असार। नेकपा एमालेका सांसद रघुजी पन्तले एमाले सरकार बनाउन नहतारिने तर मौका आए नछोड्ने बताएका छन्। आइतबार संसदबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै पन्तले सरकारको अहिलेको काम कारबाहीसँग जनता सन्तुष्ट नभएकाले जनताको चाहना एमाले र कांग्रेसको सरकार रहेको दाबी गरे। जनतामा बलियो प्रभावकारी सरकार आओस् भन्ने चाहना रहेको उनले बताए। सांसद पन्तले बजेट परिवर्तन हुने सम्भावना नरहेको पनि बताए।
प्रतिक्रिया दिनुहोस्